दफा १२
कार्यकारी निर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी

(१) अस्पतालको दैनिक प्रशासन संचालन गर्नको लागि समितिले एक कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।

(२) अस्पतालले आवश्यकता अनुसार अन्य सल्लाहकार र कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।

(३) समितिको सदस्य तथा सल्लाहकारको सुविधा तोकिएबमोजिम हुनेछ ।

(३क) कार्यकारी निर्देशक तथा कर्मचारीको योग्यता, नियुक्ति, पारिश्रमिक एवं सेवाको शर्त तथा सुविधा तोकिएबमोजिम हुनेछ ।